नेकपा एमाले काभ्रेको अध्यक्षमा अशोक ब्याञ्जू सर्वसम्मत निर्वाचित भएका छन्।
दसौं जिल्ला अधिवेशनले अध्यक्ष र एक उपसचिव सर्वसम्मत चयन गरेको छ।
अध्यक्षमा ब्याञ्जू र उपसचिवमा रीता ढकाल चयन भएका छन्। शनिबार अबेर अध्यक्ष र उपसचिव सर्वसम्मत चयन भए पनि बाँकी पदाधिकारी चयन गर्न बाँकी छ।
ब्याञ्जू नेपाल नगरपालिका सङ्घका अध्यक्ष तथा धुलिखेलका मेयर पनि हुन्।
ढकाल तत्कालीन समयमा नेकपा (माओवादी केन्द्र) बाट मण्डनदेउपुर नगरप्रमुखको उम्मेदवार थिइन्।
१०५ जिल्ला कमिटीमध्ये अब एक उपाध्यक्ष, एक सचिव, एक उपसचिव र सदस्यमा मतदान हुने तयारी छ।
बाँकी रहेका पदमा पनि सर्वसम्मत प्रयास भएको र सर्वसम्मत नभए आज मतदान गर्ने तयारी रहेको एमाले काभ्रेले जनाएको छ।