गृह मन्त्रालयले ५ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ।
गृहले पुस २३ को मन्त्रीस्तर निर्णयबाट सिडिओ हेरफेर गर्ने निर्णय गरेको थियो।
सल्यानमा विपिन आचार्य, काभ्रेमा हुमकला पाण्डे, नवलपरासीमा सुमन घिमिरे, धनुषामा सुरेन्द्र पौडेल र कालिकोटमा रामहरि शर्मालाई प्रजिअ खटाइएको छ।
साथै गृहले दुई सहसचिव र दुई उपसचिवलाई पनि काज सरूवा गरेको छ।
बन्दुप्रसाद बास्तोला र शिवराम पोखरेललाई गृह मन्त्रालय ल्याइएको हो।
उपसचिवहरू लक्ष्मीदेवी खतिवडा र कृष्णप्रसाद आचार्यलाई पनि गृह मन्त्रालयमा ल्याइएको छ।
