नेकपा एमाले तनहुँको अधिवेशनबाट अध्यक्षपदमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्।
उनी यसअघि जिल्ला कमिटी उपाध्यक्ष थिए।
शनिबार अध्यक्षमा उनको मात्रै उम्मेदवारी परेपछि सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन्।
निर्वाचन समितिका संयोजक शिवदत्त ढकालका अनुसार अध्यक्षबाहेक अन्य पदमा भने आवश्यकताभन्दा धेरै संख्यामा उम्मेदवारी परेको छ।
उपाध्यक्षमा हरिराज कँडेल, मेखबहादुर थापा र मोहन सुनारको उम्मेदवारी परेको उनले जानकारी दिए।
साथै सचिवमा विष्णुभक्त सिग्देल र राजेश्वर ढकालको उम्मेदवारी परेको छ।
उपसचिवमा प्रदीपराज अधिकारी, खिम कुमाल र देवु विष्टको उम्मेदवारी परेको हो।
आइतबार दिउँसोदेखि मतदान गर्ने तयारी छ।