नेकपा एमाले गोरखाको अध्यक्षमा प्रेम गुरूङ सर्वसम्मत निर्वाचित भएका छन्।
शनिबार भएको अधिवेशनबाट गुरूङसहित जिल्ला कमिटीमा ६३ जना सर्वसम्मत चयन भए। उपसचिव र अन्य सदस्यमा भने आज निर्वाचन हुने भएको छ।
गुरूङ यसअघि पनि गोरखा अध्यक्ष थिए।
उपाध्यक्षमा कृष्ण नेपाली र सचिवमा काजिराम रोका सर्वसम्मत चयन भएका छन्। नेपाली यसअघि जिल्ला कमिटीमा सचिव थिए।
उपसचिवमा भने सुरेश श्रेष्ठ, विशाल थापा र राजन गुरूङको उम्मेदवारी परेपछि निर्वाचन गर्ने तयारी छ।