पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिन नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले माग गरेका छन्।
उनले नेपाल एकीकरण गर्ने तत्कालीन राजा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै पुस २७ मा सार्वजनिक बिदा दिनुपर्ने बताएका हुन्।
‘आधुनिक नेपालका निर्माता राजा पृथ्वीनारायण शाह हुन्। उनलाई राष्ट्रनिर्माता भन्न हिच्किचाउनु चरम कृतघ्नता हो,’ ट्वीट गर्दै उनले भनेका छन्, ‘राष्ट्रनिर्मातालाई अवमूल्यन गर्ने कुनै पनि राष्ट्रको भविष्य हुँदैन। त्यसैले पुस २७ लाई राष्ट्रको ठूलो महोत्वकका रूपमा मनाउन र सार्वजनिक बिदा दिन अलमल नगरौं, यसैमा हाम्रो कल्याण छ।’
राप्रपाले पनि पुस २७ मा बिदा दिन माग गरिरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुस २७ मा बिदा दिन माग गरेका थिए।