ऋषिकेश पोखरेलको नेतृत्वमा नेकपा एमाले मोरङमा पदाधिकारी निर्विरोध चयन भएका छन्।
अध्यक्षमा ऋषिकेश पोखरेल, उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रूपेश खतिवडा, सहसचिवमा शान्ति कुमारी लिम्बु र सन्तोष साहको मात्रै उम्मेद्वारी परेको हो। उक्त पदमा अन्यको उम्मेद्वारी नपरेपछि स्वतः निर्विरोध भएको हो ।
यसैगरी १६५ जनाको जिल्ला समितिमा ४ सयको हाराहारीमा उम्मेद्वारी परेको बताइएको छ।
उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुन भने बाँकी छ। अन्तिम नामावली आजै प्रकाशन गर्ने कार्यक्रम छ।
उम्मेदवारी फिर्ताको समय भोली दिउँसो ३ बजेसम्मका लागि राखिएको छ। मतदान भने पर्सी नेकपा एमाले पार्टी कार्यालय पाञ्चालीमा बिहान १० बजेदेखि हुने बताइएको छ।