प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले देशको अर्थतन्त्रबारे छलफल गर्न आइतबार गभर्नर महाप्रसाद अधिकारीलाई निम्त्याएको थियो।
समिति बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले फ्याट्टै प्रश्न गरे,'के तपाई अर्थमन्त्रीलाई असफल बनाउन लाग्नुभएको हो?'
जवाफमा अधिकारीले आफूहरूले कहिल्यै पनि त्यस्तो सोँचाइ राख्ने नगरेको बताए।
‘हामी ब्युरोक्रेट्स, संस्था सञ्चालन गर्नुपर्ने व्यक्तित्वहरूले कहिल्यै पनि त्यस्तो खालको सोँचाइ राख्दैनौं। कहिलेकाँही मिडियाहरूमा देख्छौं,’ उनले भने, ‘तर त्यस्तो कहीँ पनि हुँदैन। संस्थालाई कसरी हुन्छ, सिस्टमलाई कसरी हुन्छ, आफ्ना पोलिसीहरूलाई कसरी हुन्छ प्रभावकारी रूपमा लैजाने हो।’
हेर्नुहोस् भिडिओमा: