सामाजिक सुरक्षा कोषले घर किन्न दिने ऋणको सीमा बढाएको छ।
कोषले अब एक करोड ५० लाख रूपैयाँसम्म ऋण दिने भएको हो।
यसअघि कोषले यस्तो ऋण ७५ लाख रूपैयाँसम्म दिँदै आएको थियो।
यही वैशाख ४ गतेबाट ऋण सीमा बढाएको हो। वार्षिक ५.८५ प्रतिशत ब्याजदरमा घर कर्जा दिन सुरू गरेको हो।
योगदानकर्ताले धितो र मासिक किस्ता तिर्ने आफ्नो क्षमता अनुसार कर्जा लिन सक्ने उल्लेख गरिएको छ।
कोषले योगदानकर्ताका लागि घर सापटी, शैक्षिक सापटी,सामाजिक कार्य सापटी र योगदानकर्ता विशेष सापटी गरी चार शीर्षकमा ऋण (सापटी) सुविधा दिँदै आएको छ।