फिफा विश्वकप २०२६ को समूह चरण अन्तर्गत १२ वटा समूहका ७२ वटा खेल सकिएका छन्। अब नकआउट चरणका ३२ वटा खेलबाट उपाधि विजेताको टुंगो लाग्नेछ।
यो विश्वकपमा सबभन्दा बढी चर्चा गरिएका खेलाडीमध्ये पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका कप्तान लिओनल मेसीबीच अब कसैगरी प्रतिस्पर्धा भए फाइनलमा मात्र हुने भएको छ।
अन्तिम ३२ मा पुग्ने टोली र त्यसको समीकरणको टुंगो लागेसँगै अर्जेन्टिना र पोर्चुगल फरक फरक पुलमा परेका हुन्। यी दुवै टोलीले अब खेल लगातार जिते फाइनलमा मात्र भेट हुनेछ।
बलिया र आशा गरिएका सबै टोलीले नकआउट चरणमा स्थान बनाउँदा दुई पटकको विश्व विजेता उरूग्वे भने बाहिरिएको छ।
त्यस्तै, अमेरिकाले भिसामा कडाइ गरेको र अन्तिमसम्म पनि खेल्ने टुंगो नभएको इरानले भने तीन खेल बराबरी खेल्दै कुनै खेल नहारे पनि अन्तिम ३२ मा स्थान बनाउन सकेन।
पहिलो पटक विश्वकपमा सहभागी अफ्रिकी मुलुक केप भार्डेसँगै डिआर कंगो, क्यानडा र दक्षिण अफ्रिकाले नकआउट चरणमा स्थान बनाएका छन्।
अब अन्तिम ३२ मा जर्मनी र पाराग्वे, फ्रान्स र स्वीडेन, दक्षिण अफ्रिका र क्यानडा, नेदरल्यान्ड्स र मोरक्को, पोर्चुगल र क्रोएसिया, स्पेन र अस्ट्रिया, अमेरिका र बोस्निया हर्जगोभिना, बेल्जियम र सेनेगल एउटा पोलको अन्तिम ३२ मा खेल्नेछन्।
अर्कातर्फ ब्राजिल र जापान, आइभोरी कोस्ट र नर्वे, मेक्सिको र इक्वेइडर, इङ्ल्यान्ड र कंगो, अर्जेन्टिना र केप भर्डे, अस्ट्रेलिया र इजिप्ट, स्विटजरल्यान्ड र अल्जेरिया तथा कोलम्बिया र घाना भिड्नेछन्।
यी मध्ये कुन कुन खेल रोमाञ्चक होलान्? कुन टोलीको बलियो पक्ष के के हुन्? कसको सम्भावना कति छ?
यिनै विषयमा सेतोपाटीका प्रेम ढकाल र सीताराम कोइरालाले गरेको विस्तृत विश्लेषण हेर्नुहोस् —