नेकपा एमाले र नेकपाबीच कार्यगत एकताबारे भइरहेका चर्चामा एमाले नेता गोकुल बास्कोटाले टिप्पणी गरेका छन्।
पटक-पटक फुटेको हाँडी जोड्ने लालसा चलेको उनको भनाइ छ। उनले कार्यगत एकतालाई खतरा देखाउँदै नेतृत्वबाट शक्तिमा टिक्न देखाइएको भुत्ते हतियारको संज्ञा पनि दिएका छन्।
‘पटक-पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेछ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘भयङ्कर खतरा देखाउँदै नेतृत्ववाट चलाइएको यो कथ्य रुपमा सुन्दर र सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार हो।’
साथै उनले सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला नेकपा फुटाएर गल्ती भयो भनेर नेताहरूले भन्नुपर्ने पनि बताएका छन्।
‘आफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ?,’ उनले प्रश्न गरेका छन्।
पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले कार्यगत एकताको चर्चा गर्दै आएका छन्। कतिपयले कम्युनिस्टहरू फेरि मिल्न खोजिरहेको पनि बताएका छन्।
यो पनि- एमाले पुनर्गठन कि पुनर्मिलन?