पाँचथरको फिदिम नगरपालिका-८ घलेगाँउका ५५ वर्षीय सनम गुरुङले आफैंले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका छन्।
बुधबार बिहान साढे ९ बजे आफू सुत्ने कोठामा धारिलो हतियार बाम्फोकले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
अस्थायी प्रहरी चौकी तमाखेबाट खटिएको प्रहरी टोलीले गुरुङलाई मृत अवस्थामा फेला पारेको थियो।
उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली गएर शवको मुचुल्का उठाएको छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।