जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बसुन्धराका सब-इञ्जिनियर दीपेन्द्र केसीविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले केसीविरूद्ध सोमबार दुई लाख बिगो र सजाय माग्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।
कलभर्ट निर्माण कार्यको ठेक्काको बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियारले केसीलाई असोज १९ गते नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको सिलसिलामा भुक्तानीको लागि सहजीकरण गर्ने भन्दै केसीले घुस लिएको प्रमाणित भएको अख्तियारको दाबी छ।