कैलालीको लम्कीमा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन्।
कैलालीको लम्कीचुहा नगरपालिका-१ मा आइतबार राति विवाहको कार्यक्रममा चक्कु प्रहारबाट स्थानीय दिनेश नेपाली घाइते भएका हुन्।
बिहेमा नाचगान गरिरहेका बेला उनको कोखामा एक समूहले चक्कु प्रहार गरेको आफन्तले बताएका छन्। घाइते नेपालीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको उनका दाजु रमेश नेपालीले जानकारी दिए।
चक्कु प्रहारमा संलग्न भएको आरोपमा तीन जनालाई इलाका प्रहरी कार्यालय लम्कीले पक्राउ गरेको छ।
१३ दिनअघि सोही ठाउँका २३ वर्षीय भुपेन्द्र बडुवालको धारिलो हतियार प्रयोग गरी टीकापुरमा हत्या भएको थियो। उक्त घटनापछि दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन निरन्तर भइरहेका छन्।