झापामा खोलामा डुबेर एक पुरूषको मृत्यु भएको छ।
गौरीगंज गाउँपालिका-२ पिण्डानघुटुस्थित खोलामा माछा मार्न गएका एक पुरूषको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मृत्यु हुनेमा झापा गाउँपालिका-१ का ३८ वर्षीय भिम सोरेन छन्।
सोरेन शनिबार बेलुका माछा मार्न गएका थिए। तर आइतबार बिहानसम्म पनि घर नफर्किएपछि प्रहरीलाई खबर गरिएको थियो।
खबर गरेपछि प्रहरीको टोलीले खोज्ने क्रममा आइतबार दिउँसो शव फेला पारेको हो। शव खोलामा डुबिरहेको अवस्थामा फेला परेको कार्यालयले जनाएको छ।
घटना सबन्धमा ईलाका प्रहरी कार्यालय गौरीगंजबाट थप अनुसन्धान भइरहेको छ।