लमजुङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ बाहुनडाँडा आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको छ।
केन्द्रका अनुसार उक्त पराकम्प १२ वैशाख २०७२ कै निरन्तरता हो।
सदरमुकाम बेसीसहरसहित हिमाली जिल्ला मनाङ आसपासका जिल्लामासमेत धक्का महसुस भएको थियो।