जंगलमा च्याउ टिप्न गएकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ।
बाँकेको बैजनाथ गाउँपालिका – १ चिसापानीकी ३६ वर्षीया पूर्णिमा बुढाको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक यामबहादुर मल्लका अनुसार शुक्रबार बिहान साढे ८ बजेतिर स्थानीय हात्तीसारको चिसापानी जंगलमा च्याउ खोज्न गएकी बुढालाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको अवस्थमा शव फेला परेको थियो।
सँगै च्याउ खोज्न गएका अन्य स्थानीयले भने भागेर ज्यान जोगाउन सफल भएपछि घटनाबारे उनीहरूले नै गाउँमा सूचना दिएका थिए।
निकुञ्ज प्रशासनले सम्भावित वन्यजन्तुको आक्रमणलाई मध्यनजर गर्दै निकुञ्ज क्षेत्र र मध्यवर्ती क्षेत्रमा एक्लै जंगलमा प्रवेश नगर्न सचेत तुल्याउँदै आएको छ।