समय मुटुको धड्कनजस्तै हो। टिकटिक चलिरहेका समयका काँटाहरूले यसको गतिलाई बताइरहेका हुन्छन्। जिउँदो राखिरहेका हुन्छन्।
नित्यनिरत अघि बढिरहने समयको एक निमेषलाई पछ्याउँदा पनि आँखामा सयौं–हजारौं जीवन प्रविष्ट हुन्छ। जीवनको जिजीविषालाई जागृत राख्ने अनेकौं यत्न–प्रयत्नसँग साक्षात्कार होइन्छ।
समयको वेगवान गतिलाई पछ्याइरहेका सय–हजारौं जीवनले हामीलाई पनि ऊर्जावान् तुल्याइरहेका हुन्छन्।
हामीले बिहीबार ९ बजे ध्यानस्थ स्वयम्भूलाई एक फन्को मारेका थियौं।
बुद्धम् शरणम् गच्छामी.. र ॐ मणि पद्मे हूँ को नित्य ध्वनीसँगै सैनिकहरू परेडको नित्यकर्ममा पंक्तिबद्ध देखिन्छन्।
डोकामा लहलहाउँदा साग बोकेका, ठेलामा सरसामान सजाइरहेका आमाबुवाहरूले मानेलाई फेरो मारेर दिनको सुरूआत गरेकाहरूको पसलसम्मको बाटो छोट्याइरहेका हुन्छन्।
काठमाडौं आएकाहरूलाई स्वयम्भूमा पाउ नराखी गाउँ फर्कन मन मान्दैन। एकाबिहानै स्तुप आइपुगेका आन्तरिक एवं बाह्य पर्यटकको सेल्फीसँगै फिँजारिने मृदु मुस्कानले स्वयम्भू अझ झलमल्ल देखिन्छ।
तीर्थाटन र धार्मिक आस्थाको ओतभित्र मानव जीवन मात्र मुस्कुराएको छैन, बाँदरहरू पनि प्रफुल्ल छन्।
नहुन् पनि किन!
स्वयम्भू परिक्रमा गर्न आइपुगेका पर्यटक र बौद्धमार्गीहरूले दिएको आहारामा त तिनको जीवन लहराएको छ। प्यासले व्याकुल बनकरहरू एकाबिहानै धारामा उल्टो घाँटी लगाइरहेका हुन्छन्। चाख मानीमानी हेर्छन् बटुवा।
आवादी बढेसँगै काठमाडौंको खुला क्षेत्र साँघुरिएका छन्। व्यायामस्थल पातलिएका छन्।
स्वयम्भूको पटांगिनीलाई योग, ध्यानस्थल बनाइरहेकाहरू बौद्धमार्गीको दिव्यध्वनीसँगै प्राणायाम गरिरहेका हुन्छन्। नित्य योग–ध्यानबाट आफूलाई तन्दुरूस्त तुल्याइरहेका हुन्छन्।
ध्यानस्थ स्यम्भूमा बिहानीपखको मानवचर्याको केही झलक
-1712291925.jpg)
-1712291925.jpg)
-1712291924.jpg)
-1712291923.jpg)
-1712291924.jpg)
-1712291924.jpg)
-1712291923.jpg)
-1712291923.jpg)
-1712291923.jpg)
-1712291922.jpg)
-1712291922.jpg)
-1712291922.jpg)
-1712291921.jpg)
-1712291921.jpg)
-1712291921.jpg)
-1712291921.jpg)
-1712291920.jpg)
-1712291920.jpg)
-1712291920.jpg)
-1712291919.jpg)
-1712291919.jpg)
-1712291919.jpg)
-1712291919.jpg)
-1712291918.jpg)
-1712291918.jpg)
-1712291918.jpg)
-1712291917.jpg)
-1712291917.jpg)
-1712291917.jpg)
-1712291917.jpg)
-1712291925.jpg)