राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा लुम्बिनी प्रदेशको सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्।
रूपन्देहीका उनी यसअघि प्रदेश उपसभापति थिए। उनी पहिले कोषाध्यक्ष हुँदै उपसभापति बनेका थिए।
शनिबार नयाँ नेतृत्वका लागि ६ जनाका बीचमा प्रतिस्पर्धा भएको थियो।
पार्टीको विधानअनुसार शनिबार भएको मतदानबाट कसैले पनि आवश्यक बहुमत अर्थात ५१ प्रतिशत मत प्राप्त गर्न सकेका थिएनन्। त्यसैले ६ प्रतिस्पर्धीमध्ये बढी मत प्राप्त गर्ने दुई जनाका बीचमा फेरि आइतबार दोस्रो चरणको मतदान गर्ने तयारी थालिएको थियो।
मतदानबाट ६ प्रतिपस्र्धीमध्ये सबैभन्दा बढी मत १९९ शालिकराम घिमिरेले प्राप्त गरेका थिए। उनीपछि बढी मत प्राप्त गर्ने व्यक्ति गोपाल घिमिरे थिए। गोपालले ८७ मत प्राप्त गरेका थिए।
यी दुवैजना रूपन्देहीका हुन्।
आइतबार गोपालले सबै भन्दा बढी मत प्राप्त गरेका शालिकरामलाई नै नेतृत्व मान्न तयार भएपछि फेरि निर्वाचन गर्नु नपरेको निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिए।
शालिकराम यसअघि पनि प्रदेश उपसभापति थिए भने गोपाल केन्द्रीय संगठन विभाग सदस्य हुन्।
शनिबार बेलुकी अबेर भएको मतदान बाट रूपन्देहीकै गणेश पौडेल तेस्रो स्थानमा थिए। उनले ८४ मत प्राप्त गरे। पौडेल २०७९ मा एमाले नेता विष्णु पौडेलसँग चुनावमा भिडेका व्यक्ति हुन्। उनी केन्द्रीय मानवअधिकार विभाग सदस्य पनि हुन्। चौथो स्थानमा डा. राजकुमार सुबेदीको मत थियो। उनले ८० मत प्राप्त गरे। सुबेदी प्रदेश प्रशिक्षण विभाग प्रमुखपनि हुन्। ७१ म प्राप्त गरि मञ्जु भुसाल ५औं स्थानमा आइन्। रूपन्देहीकी उनी समानुपातिक सांसद पनि हुन्।
रुपन्देही– ३ का क्षेत्रीय सभापति र भौतिक पूर्वाधार मन्त्रालयका सल्लाहकार अर्यालले जम्मा १९ मत प्राप्त गरेका थिए।
दाङको घोराहीस्थित उद्योग वाणिज्य संघमा शनिबार भएको मतदानमा कुल ५५२ मत खसेको थियो।
निर्वाचनबाट समावेशी समूह थारू सदस्यतर्फ २७५ मत प्राप्त गरी बिहारी चौधरी, २८३ मत प्राप्त गरी गोविन्दबहादुर थारू निर्वाचित भएका छन्। प्रतिस्पर्धीमध्ये गयाप्रशाद थारूले २०५ मत प्राप्त गरे पनि विजयी हुन सकेनन्।
समावेशी समूह मधेसी सदस्यतर्फ गौतमप्रसाद पाण्डे २२३ र सञ्जयकुमार गुप्ता २१५ मत प्राप्त गरी निर्वाचित भएका छन्। प्रतिस्पर्धीमध्य आनन्दप्रशाद बर्मा १७३, सत्यनारायण बर्मा १३२ र बाबुराम यादवले ९३ मत प्राप्त गरेका थिए। समावेशी समूह मधेसी सदस्यमा नौसिन खातिमा भने निर्विरोध निर्वाचित भएकी थिइन्।
त्यस्तै समावेशी समूह खस आर्य सदस्यमा ८ जना भने निर्विरोध निर्वाचित भएका थिए। क्षेत्रगत सदस्यतर्फ अधिकांश पदमा मतदानमार्फत निर्वाचित भएका छन्।
मुना हमाल, पर्भा ज्ञवाली, शिलाकुमारी केसी, भगवती न्यौंपाने ढकाल निर्विरोध निर्वाचित भएका थिए। त्यस्तै समावेशी समूह दलित सदस्य तर्फ निरज गहतराज र कुष्णा विक निर्विरोध निर्वाचित भए।
समावेशी समूह जनजाति सदस्यतर्फ भोजबहादुर बुढाथोकी र सुमित श्रेष्ठ निर्विरोध भए।
क्षेत्रगत उम्मेदवार सदस्य तर्फमा कुतै मतदान र कतै सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ।
दाङ – १ मा हेमकुमार जिसी २३६ मत प्राप्त गरी निर्वाचित भए। प्रतिस्पर्धी गंगाराम वली (गगन) ले २२९ मत प्राप्त गरे। दाङ – २ मा विष्णुप्रसाद गौतम २५१ मत प्राप्त गरी निर्वाचित भए। प्रतिस्पर्धी शोभाराम खनालले २१७ मत प्राप्त गरे।
दाङ – ३ मा भक्तबहादुर डाँगी २८४ मत प्राप्त गरि निर्वाचित भए। प्रतिस्पर्धी गणेश खड्काले १८१ मत प्राप्त गरे।
रुपन्देही – १ मा विष्णुप्रसाद पौडेल २८२ मत प्राप्त गरि निर्वाचित भए। प्रतिस्पर्धी प्रेमबहादुर खत्रीले १८७ मत प्राप्त गरेका थिए। रुपन्देही – २ मा निर्मला भट्टराई (निरु) निर्विरोध भइन्।
रुपन्देही – ३ मा चार जनाका बीचमा प्रतिस्पर्धा भयो। मायादेवी खनाल १४८ मत प्राप्त गरी निर्वाचित भइन। खनालका प्रतिस्पर्धी मध्य ई. कुसेतकुमार श्रेष्ठले १४३, प्रकाश ज्ञवाली ११२ र बिष्णु सापकोटाले ६२ मत प्राप्त गरे।
रुपन्देही – ५ मा मतदान मार्फत पार्वती ढकाल २४१ मत प्राप्त गरि निर्वाचित भइन। प्रतिस्पर्धी यमलाल भट्टराईले २२६ मत प्राप्त गरे।
बाँके – १ मा सिएम उपाध्याय र बाँके – २ मा गिरिराज भुसाल निर्विरोध भए। बाँके – ३ मा भने निर्वाचन भयो। कृष्णबहादुर खत्री २६२ मत प्राप्त गरि निर्वाचित भए। प्रतिस्पर्धी कमलुद्दिन उद्रिसीले १८७ मत प्राप्त गरेका थिए।
कपिलबस्तु – १ मा २७२ मत प्राप्त गरि कमलप्रशाद पोरखेल निर्वाचित भए। प्रतिस्पर्धी देबिलाल कँडेलले १८७ मत प्राप्त गरेका थिए। कपिलबस्तु – २ मा ओमप्रकाश गुप्ता र कपिलबस्तु – ३ मा अर्जुन सापकोटा निर्विरोध निर्वाचित भए।
नवलपरासी पश्चिम– १ मा १८६ मत प्राप्त गरि ई. बिक्रम पौडेल निर्वाचित भए। डा. हेमन्तराज न्यौपानेले १७२ र शिवप्रशाद गैरेले १०९ मत प्राप्त गरे।
नवलपरासी पश्चिम – २ मा युवराज ढकाल निर्विरोध निर्वाचित भए।
अर्घाखाँची सदस्य पदका लागि तीन जनाका बीचमा प्रतिस्पर्धा भयो। अभिमन्यु पोखरेल २६८ मत प्राप्त गरि निर्वाचित भए। नमराज पाण्डे १५८ र उमेश बन्जाडे ५६ मत प्राप्त गरे।
पाल्पा – १ मा तेजप्रसाद बस्याल निर्विरोध निर्वाचित भए।
पाल्पा – २ मा दुर्गा अर्याल २९४ मत प्राप्त गरी निर्वाचित भए। प्रतिस्पर्धी राजु खत्रीले १८५ मत प्राप्त गरे।
प्यूठानमा लोकनाथ बिक, रोल्पामा टेकनाथ गिरी, रुकुम पूर्वमा रबिन थापा, बर्दियामा उदय भुसाल, गुल्मी – १ मा राजु कार्की र गुल्मी – २ मा चेतबहादुर बस्नेत निर्विरोध निर्वाचित भए।