नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनभावनाविपरीत अभिव्यक्तिले पार्टीको रक्षा नहुने बताएका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै जनभावनाको सम्मान गर्दै जनसम्बन्ध सुदृढ गर्नुपर्ने बताएका हुन्।
‘जनभावना विपरीत अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन। जनभावनाको सम्मान गर्दै जनसम्बन्ध सुदृढ गरौं, किनकि जनता नै इतिहासका निर्माता हुन्,’ उनले भने।
नेकपा एमालेमा अहिले पुनर्गठनको विषय पेचिलो बनिरहेको छ। नेताहरूले फरकफरक अभिव्यक्ति दिन थालेपछि महासचिव पोखरेलले ध्यानाकर्षण गराएका हुन्।