झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार बिहान करिब ४:५५ बजे मेचीनगर नगरपालिका–४ वडा कार्यालयअगाडि स्थानीय ६२ वर्षीया पद्मा पौडेललाई जंगली हात्तीले आक्रमण गरेको थियो।
घरबाट बाहिर निस्कने क्रममा अचानक आएको हात्तीले कुल्चिएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। झापाको बाहुनडाँगी मानव–हात्ती द्वन्द्व दशकौंदेखि चलिरहेको ठाउँ हो।