साविक विजेता अर्जेन्टिनाले सन् २०२६ को फिफा विश्वकपमा उत्कृष्ट सुरुवात गरेको छ। अमेरिकाको क्यान्सास सिटी रंगशालामा भएको खेलमा कप्तान लिओनल मेसीको ऐतिहासिक ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले अल्जेरियालाई ३-० को फराकिलो अन्तरले पराजित गर्यो।
३८ वर्षको उमेरमा पनि मेसीको जादु कम भएको छैन भन्ने प्रमाण आजको खेलले दिएको छ। मेसीले खेलको १७ औं, ६० औं र ७६ औं मिनेटमा गोल गर्दै आफ्नो विश्वकप करियरकै पहिलो ह्याट्रिक पुरा गरे।
यस ह्याट्रिकसँगै मेसीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने जर्मनीका दिग्गज खेलाडी मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरेका छन्। अब मेसी र क्लोज संयुक्त रूपमा विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्।
खेलको सुरुदेखि नै अर्जेन्टिनाले अल्जेरियालाई दबाबमा राखेको थियो। खेलको १७ मिनेटमा मेसीले सुरुवाती अग्रता दिलाउँदै खेलमा अर्जेन्टिनाको पकड बलियो बनाए। मिनेटमा उत्कृष्ट मुभ बनाउँदै मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे।
७६ मिनेटमा आफ्नो ट्रेडमार्क 'बायाँ खुट्टाको प्रहार' मार्फत उत्कृष्ट गोल गर्दै मेस्सीले ह्याट्रिक पुरा गरे र इतिहास रचे।
ह्याट्रिक पुरा गरे लगत्तै मेसीको स्थानमा युवा खेलाडी निको पाज मैदान प्रवेश गरेका थिए। मेसी मैदानबाट बाहिरिँदै गर्दा रंगशालामा उपस्थित हजारौं दर्शकले उठेर सम्मान प्रकट गरेका थिए।
२०२२ को विश्वकप विजेता अर्जेन्टिनाले यस जितसँगै आफ्नो उपाधि रक्षाको अभियान निकै बलियो ढङ्गले सुरु गरेको। जारी विश्वकपमाअर्को एक गोल गर्ने बित्तिकै मेसी विश्वकप इतिहासकै सबैभन्दा बढी गोलकर्ता बन्नेछन्।
विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीहरू:
१. मिरोस्लाभ क्लोज (जर्मनी) - १६ गोल
२. लियोनेल मेस्सी (अर्जेन्टिना) - १६ गोल
३. रोनाल्डो (ब्राजिल) - १५ गोल
४. गर्ड मुलर (पश्चिम जर्मनी) - १४ गोल
५. केलियन एम्बाप्पे (फ्रान्स) - १४ गोल