फिफा विश्वकप २०२६ मा इक्वेडरले कुरासाओसँग बराबरी खेलेको छ।
आइतबार बिहान कन्सास सिटी स्टेडियममा भएको खेलमा इक्वेडरले कुरासाओसँग गोलरहित बराबरी खेलेको हो।
खेल आफ्नो पक्षमा राखे पनि इक्वेडरले गोल गर्न सकेन। उसले गोलका लागि २६ प्रहार गरेको थियो। तीमध्ये १५ प्रहार गोलयोग्य थिए।
ती सबै प्रहारलाई कुरासाओका गोलकिपरले रोके।
कुरासाओले पनि गोलका लागि १० प्रहार गरेको थियो। तीमध्ये ४ प्रहार गोलयोग्य थिए।
गोलरहित बराबरी खेलेपछि इक्वेडर दबाबमा देखिएको छ।
उसको एक अंक मात्रै हुँदा समान खेल खेलेका आइभोरी कोस्ट ३ अंकसहित दोस्रो स्थानमा छ। दुवै खेल जितेको जर्मनी शीर्षस्थानमा छ।
अब इक्वेडरले जर्मनीसँग समूह चरणको अन्तिम खेल खेल्नेछ। कुरासाओले आइभोरी कोस्टसँग खेल्नेछ।