फ्रान्स विश्वकपको नक आउट चरणमा प्रवेश गरेको छ।
गएराति इराकलाई ३-० गोलले हराउँदै फ्रान्स एक खेल अगाडि नै नक आउट चरणमा प्रवेश गरेको हो।
फिलाडेल्फियामा फ्रान्सको जितमा केलियन एमबाप्पेले २ गोल गरे।
उनले १४ औं र ५४ औं मिनेटमा गोल गरे।
उसमान डेम्बेलेले ६६ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।
जितसँगै फ्रान्सले अंक तालिकामा ६ अंक बनाएको छ।
यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३-१ गोलले हराएको थियो।
अब अन्तिम खेल नर्वेसँग खेल्ने छ।
नर्वेले मंगलबार बिहान आफ्नो दोस्रो खेल इराकसँग खेलिरहेको छ।
नर्वेले पहिलो खेलमा इराकलाई ४-१ ले हराएको थियो।