नर्वे फिफा विश्वकप २०२६ को नक आउट चरणमा प्रवेश गरेको छ।
पहिलो पटक विश्वकप खेलेको नर्वले समूह चरणको दोस्रो खेलमा सेनेगललाई हराउँदै नक आउट यात्रा सुनिश्चित गरेको हो।
मंगलबार बिहान न्यूजर्सी स्टेडियममा नर्वेले सेनेगललाई ३-२ गोलले पराजित गर्यो।
नर्वेको जितमा अर्लिङ हाल्याण्डले २ गोल गरे।
४३ मिनेटमा मार्कस होल्मग्रेन पेडेरसेनले गोल गरी नर्वेलाई सुरूवाती अग्रता दिलाएका थिए। त्यसको पाँच मिनेटमै हालाण्डले गोल गरी अग्रता दोब्बर पारे।
५३ मिनेटमा सेनेगलका इस्माइला सारले गोल गरे।
५८ मिनेटमा हालाण्डले गोल गरेपछि नर्वे ३-१ को सहज अवस्थामा थियो।
९० मिनेटपछि थपिएको अतिरिक्त समयको तेस्रो मिनेटमा सेनेगलका इस्माइला सारले गोल गरेपछिका खेलमा भने सेनेगल नर्वेमाथि हाबी भएको थियो।
यद्यपि गोल थप्न नसेकेपछि नर्वेले ३-२ को नतिजा निकाल्दै नक आउट प्रवेश निश्चित गरेको हो।
यही समूहबाट फ्रान्सले पनि नक आउट सुनिश्चित गरिसकेको छ। गएराति इराकलाई हराउँदै फ्रान्स शीर्ष स्थानमा रहेर नक आउट प्रवेश गरेको हो।
अब फ्रान्स र नर्वे तथा सेनेगल र इराकबीच समूह चरणको अन्तिम खेल हुनेछ।