फिफा विश्वकप २०२६ मा इंग्ल्याण्ड बराबरीमा रोकिएको छ।
समूह चरणको दोस्रो खेलमा घानाले इंग्ल्याण्डलाई गोलरहित बराबरीमा रोकेको हो।
गोलका लागि इंग्ल्याण्डले १९ प्रहरा गर्यो। ४ प्रहार मात्रै गोलयोग्य थिए।
घानाले २ प्रहार गरेको थियो। त्यसमा एक प्रहार गोलयोग्य थियो।
दुवै तर्फबाट गोल हुन नसकेपछि इंग्ल्याण्ड र घानाले अंक बाँडे। दुवैले अंक तालिकामा ४-४ अंक जोडेका छन्।
समूह चरणको आफ्नो पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तर र घानाले पानामालाई १–० गोलले पराजित गरेका थिए।