क्रोएसियाले फिफा विश्वकप २०२६ मा नक आउट सम्भावना जीवित राखेको छ।
बुधबार बिहान भएको खेलमा पनामालाई १-० गोलले पराजित गर्दै क्रोएशियाले ३ अंक जोडेको हो
क्रोएशियाका लागि एन्टे बुडिमिरले ५४ मिनेटमा गरेको गोल निर्णायक बन्यो।
क्रोएशियाको जितसँगै नक आउट समीकरण रोचक बनेको छ।
इंग्ल्याण्ड, घाना र क्रोएशियाबीच नक आउट प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ।
घानाले इंग्ल्याण्डलाई बराबरीमा रोकेपछि दुवैले ४/४ अंक बनाउँदै पहिलो र दोस्रो अंकमा छन्।
अब इंग्ल्याण्डले पनामा र क्रोएशियाले घानासँग खेलेपछि नक आउट पुग्ने दुई टोलीको टुंगो लाग्नेछ।