कोलम्बिया फिफा विश्वकप २०२६ को नक आउट चरणमा प्रवेश गरेको छ।
बुधबार बिहानको कंगोलाई हराउँदै कोलम्बिया नक आउट चरणमा प्रवेश गरेको हो।
मेक्सिकोको ग्वाडलजारामा ड्यानियल म्युनजले ७६ मिनेटमा गरेको गोल निर्णायक बन्यो।
कोलम्बियाले गोलका लागि गरेका २० वटा प्रहारलाई कंगोका गोलकिपर लियोनल एमपासीले बिफल पारिदिएका थिए।
कंगोले ७ पटक पोस्टमा प्रहार गरे पनि गोल हुन सकेन।
कंगोविरूद्ध जित निकाल्दै कोलम्बिया समूह 'के' को शीर्षस्थानमा उक्लिएको छ। ४ अंक जोडेको पोर्चुगल दोस्रो स्थानमा छ। यी दुई देश समूह चरणको अन्तिम खेलमा भिड्नेछन्। त्यसपछि समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ।
कंगो एक अंक जोडेर तेस्रो स्थानमा छ। पुछारमा रहेको उज्वेकिस्तान अंकबिहीन छ।