नेदरल्याण्ड्सले ट्युनिसियालाई पराजित गरेको छ।
शुक्रबार बिहान भएको खेलमा नेदरल्याण्ड्सले ट्युनिसियालाई ३-१ गोलले पराजित गरेको हो।
कन्सास सिटी स्टेडियममा इलियस स्खिरीले खेलको तेस्रो मिनेटमै आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्सले सुरूवाती अग्रता लिएको थियो।
त्यसको ४ मिनेटमै ब्रायन ब्रोबेले अग्रता दोब्बर पारे।
ट्युनिसियाका हजेम मस्तोरीले ५४ मिनेटमा एक गोल फर्काएका थिए।
दोस्रो हाफको ६२ मिनेटमा जान पाउल भ्यान हेकले गोल गरेपछि नेदरल्याण्ड्स ३-१ गोलले विजयी भएको हो।
गएराति नै भएको खेलमा जापान र स्वीडेनले एक-एक गोलको बराबरी खेले।
डेजन मेइदाले ५६ मिनेटमा गोल गर्दै जापानलाई अग्रता दिलाएकामा एन्थोनी इलांगाले ६२ मिनेटमा बराबरी गोल फर्काएका थिए।
जितसँगै डच टोली समूह विजेता बन्दै नक आउट प्रवेश गरेको छ।
समूह एफमा उसले तीन खेलमा दुई जित र एक बराबरी खेलेको छ।
सोही समूहबाट जापान उपविजेता बनेर नक आउट प्रवेश गरेको छ। तेस्रो स्थानमा रहेको स्वीडेनको ४ अंक छ। उसको पनि नक आउट प्रवेश सम्भावना बलियो छ। ट्युनिसिया भने समूह चरणबाट बाहिरिएको छ।