फिफा विश्वकप २०२६ को नक आउटमा जापानले ब्राजिलसँग भिड्ने भएको छ।
समूह 'सी' को विजेता बनेर नक आउट प्रवेश गरेको ब्राजिलसँग समूह एफको उपविजेता बनेको जापानले अन्तिम ३२ को खेलमा भिड्न लागेको हो।
खेल सोमबार राति १०:४५ बजे ह्युस्टन स्टेडियममा हुनेछ।
अहिलेसम्म नक आउट चरणका चार वटा खेलको समीकरण टुंगिसकेको छ।
सोमबारदेखि सुरू हुने नक आउट चरणको पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानडा भिड्नेछन्।
खेल सोमबार बिहान १२:४५ बजे हुनेछ।
जर्मनीसँग खेल्ने टोलीको टुंगो लाग्न बाँकी छ। नक आउटको चौथो खेलमा नेदरल्याण्ड्स र मोरक्को भिड्नेछन्।
अमेरिकाले बोसनिया एन्ड हर्जगोभिनासँग खेल्ने टुंगो लागेको छ।