फिफा विश्वकप २०२६ अन्तर्गत गत साता सहआयोजक क्यानडा र कतारबीचको खेलमा कतारी मिडफिल्डर असिम माडिबोको ट्याकलका कारण क्यानडाका इसमेल कोनेको खुट्टा गम्भीर रूपमा भाँचियो।
क्यानडाका प्रशिक्षक जेसी मार्शका अनुसार कोनेको खुट्टाको हड्डी मर्किएको आवाज स्पष्ट सुनिएको थियो। यो दृश्य निकै भयानक थियो।
माडिबोले जानीजानी कोनेलाई चोट पुर्याउन खोजेका थिएनन्। उनी बल खोस्ने प्रयासमा अलिकति ढिलो भएका थिए। सुरुमा रेफ्रीले उनलाई पहेँलो कार्ड दिएका थिए, तर चोटको गम्भीरता देखेर पछि त्यसलाई रातो कार्डमा बदलियो।
रातो कार्ड पाउँदा माडिबोले कुनै प्रतिवाद गरेनन्। उनी आफैँ पनि निकै दु:खी र स्तब्ध देखिएका थिए। खेलपछि उनी क्यानडाको ड्रेसिङ रुममा माफी माग्न गए र अस्पताल पुगेर घाइते कोनेलाई भेटे।
कोनेले पनि उनलाई अँगालो हालेर माफी दिएका थिए, जसले गर्दा दुई खेलाडीबीच कुनै रिसिइबी नरहेको प्रष्ट हुन्छ।
यति हुँदाहुँदै पनि फिफाले माडिबोमाथि ५ खेलको प्रतिबन्ध लगाएको छ। फिफाले खेलाडीको 'नियत' वा 'ट्याकलको प्रकृति' भन्दा पनि 'चोट कति ठूलो लाग्यो' भन्ने आधारमा सजाय तोकेको छ।
फुटबलमा धेरै खतरनाक ट्याकलहरूमा पनि यति कडा सजाय दिइँदैन। क्रिस्टियानो रोनाल्डो वा मोइसेस काइसेडो जस्ता ठूला स्टारहरूले रातो कार्ड पाउँदा पनि उनीहरूको प्रतिबन्ध फुकुवा गरिएको उदाहरण छन्।
माडिबो जस्ता कम चिनिएका खेलाडीलाई भने 'उदाहरण' बनाउन खोजिएको छ। कतार प्रतियोगिताबाट बाहिरिइसकेकाले फिफालाई यस्तो कडा निर्णय लिन सजिलो भएको हो।