स्विटजरल्याण्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेको छ।
शुक्रबार बिहान अल्जेरियालाई २-० गोलले हराउँदै स्विटजरल्याण्डले प्रि-क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो।
क्यानडाको भ्यानकुभरमा १० औं मिनेटमै ब्रील एम्बेलोले गोल गर्दै स्विटजरल्याण्डलाई अग्रता दिलाएका थिए।
४६ औं मिनेटमा ड्यान एनडोएले गरेको गोल खेलमा निर्णायक साबित भयो।
स्विटजरल्याण्डले अब अन्तिम १६ मा घाना र कोलम्बियाबीचको विजेतासँग भिड्नेछ।