फिफा विश्वकप २०२६ अन्तिम १६ मा मेक्सिकोको सामना गर्नुअघि इंग्लिस टोली निकै सतर्क देखिएको छ।
खेलअघि स्थानीय समर्थकहरूले हल्लाखल्ला गरेर खेलाडीहरूको निद्रा बिथोल्न सक्ने भन्दै इंग्ल्यान्डले विशेष सावधानी अपनाएको हो।
थोमस टुचेलको नेतृत्वमा रहेको इंग्ल्यान्डर आयोजक मेक्सिकोबीचको खेल नेपाली समय अनुसार सोमबार बिहान) हुँदैछ।
यसअघि मेक्सिको विरुद्ध खेलेको इक्वेडरको टोलीले फिफामा उजुरी दिएको थियो। मेक्सिकन समर्थकहरूले टोली बसेको होटल बाहिर लाउडस्पिकर, हर्न र मोटरसाइकलको चर्को आवाज निकालेर रातभर खेलाडीहरूलाई सुत्न दिएका थिएनन्।
इंग्ल्यान्डलेआफ्नो होटलको लोकेसन गोप्य राख्न खोजे पनि सामाजिक सञ्जालमार्फत त्यो चुहिन सक्ने डर छ। त्यसैले, खेलाडीहरूलाई ध्वनि रोक्ने 'इयर प्लग', 'स्लिप ब्यान्ड', र निद्रा लाग्ने प्राकृतिक औषधिहरूका साथै एकनासको आवाज निकाल्ने 'ह्वाइट नोइज मेसिन' उपलब्ध गराइने भएको छ।
सामान्यतया खेलको अघिल्लो रात मात्रै पुग्ने इंग्ल्यान्डयसपटक दुई दिन अगाडि नै मेक्सिको सिटी पुग्दैछ। फिफाको नियम अनुसार खेल हुने ठाउँमै अभ्यास गर्नुपर्ने भएकाले इंग्ल्यान्डले अमेरिकाको क्यान्सास छोडेर मेक्सिकोमै अभ्यास गर्ने निर्णय गरेको हो।
मेक्सिको सिटी समुद्र सतहदेखि करिब २,२४० मिटरको उचाइमा छ, जहाँ अक्सिजनको मात्रा कम हुन्छ। मेक्सिकोका खेलाडीहरू यो वातावरणमा अभ्यस्त छन्, तर इंग्ल्यान्डका लागि यो ठूलो चुनौती हुनेछ। यति कम समयमा यस्तो उचाइमा शरीरलाई अनुकूल बनाउन असम्भव जस्तै हुन्छ।
इंग्ल्यान्ड प्रशिक्षक टुचेलले आफ्नो टोली प्रतिकूल अवस्थामा रहेको स्वीकार गरेका छन्।
उनले भने, 'उचाइ हाम्रो लागि ठूलो बेफाइदा हुनेछ किनभने केवल चार दिनमा हाम्रो शरीरले यसलाई अनुकूल बनाउन सक्दैन। यो मेक्सिकोका लागि ठूलो फाइदा हो। तर जस्तोसुकै अवरोध आए पनि हामी त्यसको सामना गर्न तयार छौँ।'