फिफा विश्वकपको जारी संस्करणको अन्तिम-१६ को समीकरण पूरा भएको छ।
शनिबार बिहान दुई खेल सकिएसँगै विश्वकपको अन्तिम १६ समीकरण पूरा भएको हो।
शनिबार बिहान दुई टोली; अर्जेन्टिना र कोलम्बियाले अन्तिम १६ मा स्थान बनाए।
नक आउटमा अर्जेन्टिनाले केप भर्डलाई र कोलम्बियाले घानालाई हरायो।
अन्तिम १६ मा अब क्यानडाले मोरक्कोसँग, फ्रान्सले पाराग्वेसँग, अमेरिकाले बेल्जियमसँग, पोर्चुगलले स्पेनसँग, ब्राजिलले नर्वेसँग, मेक्सिकोले इंग्ल्याण्डसँग, स्विट्जरल्याण्डले कोलम्बियासँग र अर्जेन्टिनाले इजिप्टसँग खेल्नेछ।
क्यानडाले दक्षिण अफ्रिकालाई हराउँदै र मोरक्कोले नेदरल्याण्ड्सलाई हराउँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेका हुन्।
पाराग्वे जर्मनीलाई हराउँदै, बेल्जियम सेनेगललाई हराउँदै, अमेरिका बोसनिया एन्ड हर्जगोभिनालाई हराउँदै, स्पेन अस्ट्रियालाई हराउँदै, पोर्चुगल क्रोएशियालाई हराउँदै, ब्राजिल जापानलाई हराउँदै, नर्वे आइभोरी कोस्टलाई, मेक्सिको इक्वेडरलाई हराउँदै, इंग्ल्याण्ड कंगोलाई हराउँदै, स्विटजरल्याण्ड अल्जेरियालाई हराउँदै र इजिप्ट अस्ट्रेलियालाई हराउँदै प्रिक्वार्टरफाइनल प्रवेश गरेको हो।
अन्तिम १६ का खेलहरू आजै रातिदेखि सुरू हुनेछ। ह्युस्टन स्टेडियममा राति १०:४५ बजे क्यानडा र मोरक्कोबीच अन्तिम १६ को पहिलो खेल हुनेछ।