फिफा विश्वकप २०२६ को अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको छ। अन्तिम १६ मा केही विवाद, आलोचना र रोमाञ्चक खेलसँगै आठ टोलीले क्वार्टर-फाइनलमा स्थान पक्का गरेका छन्।
फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्यान्ड, अर्जेन्टिना र स्विट्जरल्यान्डले विश्वकपमा आफ्नो यात्रा अघि बढाएका हुन्।
अब सेमी-फाइनल पुग्न फ्रान्स-मोरक्को, स्पेन-बेल्जियम, इंग्ल्यान्ड-नर्वे र अर्जेन्टिना-स्विट्जरल्यान्ड भिड्नेछन्।
अन्तिम १६ मा अर्जेन्टिनाले इजिप्टमाथि निकालेको ३-२ को सनसनीपूर्ण जितमा रेफ्रीको भूमिकालाई लिएर प्रश्न उठेका छन्।
त्यस्तै बेल्जियमसँग भिड्नुअघि अमेरिकाका स्ट्राइकर फोलारिन बालोगनको रातो कार्ड फिर्ता लिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दबाब दिएका थिए। फिफाले उनको रातो कार्ड फिर्ता लिएपछि आलोचना र विरोध भयो।
के अर्जेन्टिनालाई धाँधली गरेर जिताइएको हो? अब सेमी-फाइनल पुग्ने दाबेदार टोली कुन कुन हुन्? कुन टोलीले कस्तो रणनीति लिन सक्छन्?
यिनै विषयमा सेतोपाटीका प्रेम ढकाल र सीताराम कोइरालाले गरेको विस्तृत विश्लेषण हेर्नुहोस् —