भारतको कोलकातामा हुने अन्तर्राष्ट्रिय नाटक उत्सवमा नेपाली नाटक ‘पानीघट्ट’ प्रर्दशन हुने भएको छ।
पुरु लम्सालद्वारा लिखित तथा निर्देशित नाटक फागुन १२ गते मञ्चन हुने भएको हाे।
नाट्य उत्सवमा नेपालबाट ‘पानीघट्ट’ मात्रै छनोटमा परेको छ। लमजुङको परिवेशलाई लिएर तयार गरिएको नाटक कोलकातामा प्रदर्शन हुनु अघि आगामी बिहिबारदेखि तीन दिन लमजुङको बेंसीसहरमा मञ्चन हुँदैछ।
नाटक उत्सव फागुन ११ देखि १३ गतेसम्म चल्नेछ।
प्रकाशित मिति: मंगलबार, माघ १६, २०७४, ०१:५५:२४