सिटी एक्सप्रेस मनी ट्रान्स्फरले देश बिदेशमा रहेका टिक–टक प्रयोगकर्ताहरुका लागी 'सिटी एक्सप्रेस गल्बन्दी टिक–टक च्यालेन्ज'को आयोजना गरेको छ।
गायक प्रकाश सपुतको 'गल्बन्दी' गीतको मुख्य प्रायोजक रहेको सिटी एक्सप्रेसले फेरी सोही गीत स्मरण गराउँदै उक्त च्यालेन्जको आयोजना गरेको हो।
सो च्यालेन्जमा सहभागी हुनेमध्ये प्रथम, दाेस्राे तथा तेस्राे उत्कृष्ट भिडियोले क्रमशः १५ हजार रुपैयाँ, १० हजार, र ५ हजार नगद पुरस्कार पाउने छ।
साथै छनोटमा परेका उत्कृष्ट १० भिडियोलाई ५ सय बराबरको मोबाईल टपअप प्रदान गरिने बताइएको छ।
भिडियो आउँदो असोज १४ गतेसम्म पोस्ट गरीसक्नु पर्नेछ। जसको नतिजा असोज २० गते प्रकाशन गरिने जानकारी गराइएको छ।