कविता
बुद्धका चच्छुबाट
अनवरत अविरल ज्योति प्रभावित हुँदै थियो
म अगाडि एक प्यालामा मस्त थिएँ
स्निग्ध शान्त
कुनै बुद्ध विहारको गजुरमा
बुद्धका नयनहरू
म कपिलवस्तुको इतिहासमा व्यस्त थिएँ
हेर्छु इतिहासलाई एक नजरले
जहाँ बुद्धभन्दा फरक छ सिद्धार्थ गौतमको कथा
नजर डुलाएर हेर्छु हिरोसिमा र नागासाकीसम्म
ओसामा विनलादेनदेखि हिटलरसम्म
फरक छन् बुद्ध विहारका नजरभन्दा
हेर्छु कवि र कवित्वहरूको कथा
हेर्छु कोसीदेखि नायलसम्मको माधुर्यता
फर्केर हेर्छु आफैंलाई प्यालामा झुलिएको मस्तिष्क
एउटा अधुरो इतिहास
अपूरो कथा
जुन गुमनाम छ।
स्याङबोचे बुद्ध विहारले अनवरत छरेको बुद्ध ज्योति झैं ।।
पिउने कलाभन्दा माथि, जिउने कला भन्दामाथि
जुन रक्सीको मातले छचल्किरहेछ जिन्दगी
क्यास्पियनको छालजस्तै ।।