पाउजुको छिनछिन आवाजसँगै ऐना पनि टुक्रा-टुक्रा भयो। ऐनाको हरेक टुक्रामा मानसीको प्रतिबिम्ब देखिएको थियो। शिरमा लगाएको सिन्दूर, घाँटीमा लगाएको मङ्गलसूत्र, कानमा लगाएको मुन्द्रा, यी सबैले उनलाई जिस्काइरहन्थे। सायद मानसीले यौनिकताको मापन, प्रेमको सौदा, सम्मानको भ्रम सबैसामु र विशेषतः समाजका पाखण्डीहरूको अगाडि आत्मसमर्पण गरिसकेकी थिइन्।
उनको मनमा एकै चोटि धेरै प्रश्नहरू उब्जिएका थिए। मानसीले ऐनाको तिखा-तिखा टुक्राहरूमा आफ्नो प्रश्नको जवाफ पाउन सकिनन्। आँखाभरि आँसु लिँदै उनका अगाडि विगतका सम्झनाहरू चलचित्र जस्तै घुम्न थाल्छन्।
‘मानस’ भनेर चिनिने ती युवा जसको आत्मा सधैँ ‘मानसी’ थियो। भन्दा २० वर्ष अगाडि समाजले नबुझेको, बाबुआमाले स्विकार्न नसकेको शरीर लिएर जन्मिएका थिए। तर आज आएर उनी र उनका आमा बाबुले महसुस गरिसकेका थिए कि उनको शरीर पुरुषको जस्तो भए तापनि उनको भित्री मन भने महिलाको जस्तै थियो।
मानस भित्रभित्रै आफू केटी भएको महसुस गर्थे। उनका बाबुआमाले विभिन्न डाक्टरहरूलाई देखाए। तर समयसँगै थाहा भयो, यो कुनै रोग होइन, यो त उनको सत्यता थियो। यसलाई ‘जेन्डर डाइस्फोरिया’ भनिन्छ। यस्तो अवस्था जसमा व्यक्तिको आत्मिक लैङ्गिक पहिचान शरीरसँग मेल नखान सक्छ। शरीर जे भए पनि आत्मा भित्रबाट उनी महिला नै थिइन्।
मानसको महसुस वास्तविक थियो र त्यो परिवर्तन गर्नुपर्ने कुरा थिएन, स्वीकार गर्नुपर्ने कुरा थियो।
मानस निकै आकर्षक थिए। तिखो नाक, उज्यालो अनुहार र मिठो स्वर। उनलाई नाच्न, गाउन र आत्मविश्वासका साथ आफूलाई अभिव्यक्त गर्न मन पर्थ्यो। भित्रैदेखि उनी आफूलाई केटी महसुस गर्थे। समयसँगै उनी आफ्नै शैलीमा बाँच्न थाले।
जब मानस २२ वर्षका भए, बाहिर निस्किँदा अब ऊ केटीहरूले लगाउने लुगा लगाउन थाल्यो। मानौँ उसलाई अब संसारले के भन्छ भन्ने कुराको वास्ता नै छैन। उनले 'समीर' नामको एउटा साथी बनाएका थिए। मानस उनलाई प्रेम गर्थे तर समीरलाई थाहा थियो कि मानसको बानी केटीको जस्तै छ। तर ऊ मानसको पैसामा रमाउन चाहन्थ्यो। त्यसैले समीरले मानसको भरपुर फाइदा उठायो।
आज मानस र समीर दुवै मानसको जन्मदिन मनाउन रेस्टुरेन्ट जाँदै थिए। आफ्नो विशेष दिनका लागि मानसले आफ्नो लामो कपाल खुला छाडेका र कुर्था-सलवार लगाएका थिए।
रातिको १:४५ भएको थियो। उनीहरू जन्मदिन मनाएर दुवै जना एक अर्काको हात समाएर कार पार्किङ गर्ने बाटो तिरबाट हिँडिरहेका थिए।
‘ओहो! मैले मेरो मोबाइल रेस्टुरेन्टमै बिर्सेर आएछु,’ यति भन्दै समीर हतार हतार रेस्टुरेन्ट भित्र पस्छ र मानस बाहिर समीरको प्रतीक्षामा कुरिरहेको हुन्छ।
मानसको अगाडि अचानक एउटा ठुलो कार आएर रोकिन्छ। त्यसमा आएका तीन जना व्यक्तिले उनलाई जबरजस्ती कारमा हालेर सुनसान बाटोतर्फ लग्छन्। मानव चिच्याउन थाल्यो। उसको आवाज कसैले नसुनुन् भनेर मानसको मुखमा एउटाले टेप लगाइदिन्छन्। ती व्यक्तिहरूले मानसलाई कारमा राखेर एउटा बन्दै गरेको ठुलो बिल्डिङ नजिकै लग्छन् र उनलाई घिसार्दै कारबाट बाहिर निकाल्छन्।
‘आज धेरै दिनपछि यति राम्री फेला पारेका छौँ,’ मानिसको लुगा च्यात्दै एक जना जङ्गली स्वभाव भएको मान्छे बोल्छ। एकैछिनपछि आश्चर्यमा पर्छ र भन्छ, ‘अरे! यो त केटीको भेसमा केटा पो रहेछ।’
‘केटीको लुगा लगाएर घुम्न बढी रमाइलो हुन्छ तँलाई हँ?’ भन्दै त्यो केटाले मानसको गालामा दुई/चार मुक्का हान्छ।
‘अब के गर्ने हो हामी सबैको मुड झारी दियो यसले, अब कसरी मुड फ्रेस गर्ने?’ अर्को केटा बोल्छ।
अर्कोले भने मानससँगै रमाइलो गर्न चाहेको बताउँदै फरक कुराको अनुभव पनि लिनुपर्छ भन्छ। यति भन्दै त्यो केटाले मानसमाथि जबरजस्ती गर्न थाल्यो र केही समयपछि तीनै जनाले मानसलाई एक एक गरी बलात्कार गरेर उनलाई छटपटाहटको अवस्थामा छाडेर गए।
त्यो रात उनले भयावह हिंसा भोग्नु पर्यो जुन शब्दमा भन्न सकिँदैन। शरीर घाइते भयो, आत्मा चिच्यायो तर समाज मौन रह्यो।
मानसले भोलिपल्ट बेहोसी अवस्थामा आफूलाई अस्पतालमा पाए। त्यहाँ केही प्रहरी र उनका आमाबुबा उनको अगाडि उभिरहेका थिए।
‘त्यसो भए तपाईँ भन्दै हुनुहुन्छ कि तपाईंको छोरा बलात्कृत भयो,’ प्रहरीले मानिसको बुबालाई सोध्यो।
‘हजुर हो।’
‘हामीले पीडितको बयान लिनुपर्छ,’ इन्स्पेक्टरले भने र हवलदारलाई पीडितको बयान लिन आग्रह गरे। हवलदारले मानसलाई केही अप्ठ्यारो प्रश्नहरू सोधे। तर मानसले आफूमाथि घटेको सबै घटनाहरू बताए। दोषीलाई चाँडै नै कारबाही गर्ने बाचा गरे।
बाहिर निस्केपछि प्रहरी हवलदारले इन्स्पेक्टरलाई भन्दै थिए, ‘सर, यो सबै गरिब घरपरिवारका केटाहरूले गर्ने हरकत हो। पैसा नभएपछि पहिला केटी बनेर घुम्छन् अनि फेरि पछि मेरो बलात्कार भयो भन्दै हामी कहाँ आउँछन्, काममाथि काम थुपारिदिन्छन्...’
‘हिजडा’ यो शब्द मानसले सुन्छन्। यो शब्द गाली बनेर मानसको मुटुमा गएर रोपिन्छ। मुखको मुटु भित्रदेखि छिया छिया हुन्छ।
दुई जीवन बिताउन पाउने आफ्नो शरीरप्रति मानसले पहिलो पटक लज्जित र घृणित महसुस गरे।
करिब पाँच दिन अस्पतालमा बसेपछि निरन्तर चेकअपमा आउने डाक्टरको सल्लाहसहित उनी आफ्ना आमाबाबुसँग घर आए। उनले आफ्नो प्रेमी समीरलाई फोन गरे।
धेरै चोटि कल गरेपछि समीरले बल्ल फोन उठाउँछ र स्पष्ट रूपमा भन्छ- ‘तिमीसँग भएको त्यो घटनाले मेरो र मेरो परिवारको धेरै बदनाम गरेको छ। त्यसैले अब म तिमीसँग कुनै सम्बन्ध राख्न चाहँदिनँ।’
जुन साथीको मानसलाई अहिले सबैभन्दा बढी जरुरत छ, त्यही साथीले सम्बन्ध नै त्याग्न चाहेको कुराले मानस धेरै चिन्तित हुन्छन्। उनले आफ्नो पुरुषार्थ नरहेको झुटो शरीरलाई निकै बेर हेरे र घृणाले भरिए। उनले आफ्नो लिङ्ग परिवर्तन गर्ने बारेमा गहिरिएर सोचे र हतार हतार इन्टरनेटमा सर्च गर्न थाले।
इन्टरनेटबाटै थाहा पाए कि, उनको जस्तै लक्षण भएका मान्छे संसारमा अरू पनि धेरै जना छन्। जब उनलाई यो थाहा भयो, उनको मनलाई केही राहत मिल्यो। उनी अझै गहिरिएर अध्ययन गर्न थाले। उनले अझै धेरै कुराहरूको बारेमा थाहा पाए तीमध्ये एउटा कुरा यो थियो कि, १० लाखभन्दा कम खर्चमा उनले आफ्नो लिङ्ग परिवर्तन नजिकैको देश भारतमा गएर सजिलै गर्न सक्ने रहेछन्।
यी सबै कुरा थाहा पाएपछि उनले आफ्ना बाबुआमासँग कुरा गरे। सुरुमा त आमाबुबा मानसको कुरा सुनेर छक्क परे तर पछि मानसले सम्झाइबुझाई गरेपछि मानसको कुरामा सहमति भए। थप खोज अनुसन्धानपछि मानसले आफ्नो लिङ्ग परिवर्तन गराउन भारतमा गई डा. कमललाई भेटेर उनको अस्पतालमा भर्ना भए।
डाक्टर कमलले सबैभन्दा पहिला उनलाई हर्मोनको इन्जेक्सन दिए। थेरापी र अन्य औषधिहरू दिन थाले। ती औषधिहरूको प्रयोगले उसमा साइड इफेक्ट देखिन थाल्यो। कहिले उनको मुड स्विङ हुन्थ्यो। कहिले मानस धेरै निधाउँथे त कहिले मस्त निन्द्राबाट ब्युँझिन्थे। तर पनि मानसले महिलाको स्वभावको साथसाथ आफ्नो शरीर पनि महिलाको जस्तै हुन्छ भन्ने सोचेर सबै पीडा सहँदै गए।
३५ वर्षीय डाक्टर कमल सहरको एक प्रसिद्ध सर्जन थिए। उनले धेरै अवार्डहरू पाएका थिए। उनलाई मानसको मानसिक अवस्थाबारे राम्रोसँग ज्ञान थियो। डाक्टर कमल मानसको हात समातेर घण्टौँसम्म उनको नजिकै बसेर प्रोत्साहन दिन्थे। मानसलाई पनि यो निकटता धेरै मन पर्थ्यो।
बिस्तारै उनको शरीरमा औषधि र हर्मोनहरूको प्रभाव देखिन थाल्यो। साथीहरू फुल्न थाले शरीरका रोगहरू पातलो हुँदै हराउन थाल्यो। अन्ततः डाक्टर कमलले मानसलाई महिला घोषित गरे। उनले मानसको नयाँ नाम राखिदिए र भने, ‘नयाँ शरीरसँगै तिम्रो नयाँ नाम 'मानसी' भयो आजबाट।’
त्यसपछि आयो परिवर्तन आत्मको, शरीरको। ‘मानस’ अन्ततः ‘मानसी’ भइन् कानुनी, सामाजिक र आत्मिक रूपमा।
मानसले आफ्नो नयाँ नाम ‘मानसी’ बारम्बार दोहोर्याइरह्यो र उनको आँखाबाट निरन्तर आँसु खसिरह्यो। मानसबाट मानसी’मा परिणत भएपछि मानसीको जीवनशैलीमा धेरै परिवर्तन आए। मानसी घण्टौँसम्म ऐनामा आफूलाई हेरिरहन्थिन्।
उनले नयाँ नाम ‘मानसी’ बाट फेसबुक अकाउन्ट पनि बनाइन्। उनले आफ्नो पहिलो फ्रेन्ड रिक्वेस्ट समीरलाई पठाइन्। सुन्दर केटीको फोटो देखेर समीरले तुरुन्तै फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरे। उनीहरूबिच बिस्तारै कुराकानी हुन थाल्यो। फोन नम्बर आदानप्रदान भएर दुई जना कुरा गर्न थाले।
मानसीले भिडियो कलमार्फत समीरलाई आफ्नो सुन्दरताको दर्शन पनि दिइन्। समीर मानसीलाई भेट्न उत्सुक भयो र उनलाई एउटा होटेलमा भेट्न बोलायो। त्यसपछि केही बहानामा होटेलको कोठामा लग्यो। मानसीले यही विरोध गरिनन् र होटेलको कोठामा गइन्। समीरको मनसाय मानसी जस्तो सुन्दर जवान केटीसँग शारीरिक सम्बन्ध बनाउने थियो।
समीर मानसीलाई समाउन के खोज्दै थियो। उनले समीरलाई बलपूर्वक धकेलेर लडाइन् र भनिन्, ‘म तिमीलाई के कुरा गुमाएका छौ तिमीले भन्ने कुराको महसुस गराउन चाहन्थेँ। यो ‘मानसी’ उही 'मानस' हो जसलाई तिमीले आफ्नो बदनामीको डरले अस्वीकार गरेका थियौ।’
यति भन्दै मानसी तुरुन्तै कोठाबाट बाहिर आउँछे।
मानसी आफ्नो आमा-बासँग बस्थिन्। छरछिमेकहरूले मानस नै मानसी हुन् भन्ने थाहा पाएका थिए। त्यसैले उनलाई अनौठो किसिमको व्यवहार गर्थे। कहिलेकाहीँ १४-१५ वर्ष उमेरका केटाहरू उनलाई पछाडिबाट हिजडा भनेर बोलाउँथे र हाँस्दै भाग्थे।
सुरुमा त मानसीले यो सबलाई वास्ता गर्थिन् तर जब यी सबै कुराहरूले उनलाई असहज महसुस हुन थाल्यो तब मतलब गर्न छोडिन्। ‘म हिजडा होइन, अब म पूर्ण महिला भइसकेको छु’ मानसीले आफूले आफैँलाई भनिन्।
केही समयपछि मानसी हर्मन थेरापीका लागि डा.कमाल कहाँ गइन्। त्यो दिन १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन डे थियो। डा. कमलले रातो गुलाब मानसीलाई दिए।
‘कोहीलाई रातो गुलाब दिनुको मतलब थाहा छ नि डा. साब,’ मानसीले सोधिन्।
‘मलाई राम्रोसँग थाहा छ, त्यसैले त तिमीलाई दिँदै छु,’ डा. साहबले भने।
‘तिम्रो सर्जरी गरेपछि म तिमीलाई यति धेरै माया गर्न थालिसकेको छु कि म अब तिमीबिना बाँच्न सक्दिनँ, त्यसैले म तिमीसँग विवाह गर्न चाहन्छु।’
ट्रान्सजेन्डर बनेदेखि नै मानसीले एउटा यस्तो पुरुष खोजिरहेकी थिइन् जसले उनीसँग विवाह गर्न र उनलाई महिला जस्तो महसुस गराउने साहस जुटाउन सकोस्। डा. कमलको यी सब कुरा सुनेपछि उनी धेरै खुसी भइन्। उसलाई आफ्नो सपना साकार भएको महसुस भयो। उनका आमाबाबु पनि डाक्टर कमलसँग विवाह गर्ने कुरामा सहमति भए।
डा. कमलले मानसीसँग विवाह गरे। स्थानीय पत्रपत्रिकाहरूमा ‘एउटा ट्रान्सजेन्डरको विवाह डाक्टरसँग’ भन्दै हेडलाइन बन्यो। डाक्टर कमल र मानसीको विवाह सामाजिक सञ्जालमा पनि चर्चामा आयो।
विवाहपछि डाक्टर कमल र मानसी एकअर्कासँग खुसी र सुखी देखिन्थे भने यता मानसीलाई पनि आफ्नो शरीरको बारेमा भएको सबै डर हराइसकेको थियो।
आज केही मिडियाकर्मी डा. कमलको अन्तर्वार्ता लिन आएका छन्। मिडियाकर्मीहरूले उनलाई ट्रान्सजेन्डरसँग बिहे गरेपछिको सम्बन्धको बारेमा प्रश्न सोधिरहे। डाक्टर कमलले उनीहरूको सबै प्रश्नको जवाफ निकै सभ्य शैलीमा दिइरहे।
पत्रकार सम्मेलन सकेपछि डाक्टर कमलको मोबाइलमा फोन आउँछ। फोन राखेपछि ऊ एकदमै खुसी हुन्छ र मानसीलाई भन्छ, ‘सुन मानसी, मैले ट्रान्सजेन्डरसँग बिहे गरेको छु नि, यो साहसी निर्णयको लागि मानव कल्याण संस्थाले मलाई अवार्ड दिँदै छ।’
डा. कमल यो खबरले एकदमै खुसी थिए। उनको यस्तो खुसी देखेर मानसी पनि खुसी भइन्।
दुई दिनपछि डाक्टर कमलले उक्त पुरस्कार प्राप्त गरे। उनले त्यस पुरस्कारलाई सफलताको उत्सवको रूपमा मनाउन आफ्ना केही डाक्टर साथीहरूलाई घरमा आमन्त्रित गरे। सबै खाना रक्सीहरू बाहिरबाट अर्डर गरे। खाना खाइसकेपछि उनका सबै साथीहरू नसाको तालमा नाच्न थाले।
‘यार कमल, तिमीले रक्सी त पिउन दियौ तर रोमान्सको लागि आफ्नो ट्रान्सजेन्डर पत्नीलाई बोलाउनुपर्छ,’ एउटा साथीले भन्यो।
‘हो साथी, म पनि राम्रै मुडमा छु,’ अर्को साथीले थप्छ।
‘यस्तो होइन, ट्रान्सजेन्डर भए पनि श्रीमती त कमलकै हो। उहाँ त हाम्रो भाउजू हो सम्मान गर्नपर्छ,’ अर्को साथीले बचाउ गर्छ।
‘ट्रान्सजेन्डरलाई पनि के सम्मान के अनादर? तिनीहरूले सामूहिक रूपमा शारीरिक सम्बन्ध राख्न पनि सहमत हुन्छन्,’ अर्को साथीले भन्छ।
यहाँ अचम्मको कुरा के थियो भने डाक्टर कमलले उनीहरूको कुनै पनि कुराको विरोध गरेका थिएनन्। बरु सहमति पो जनाइरहेका थिए।
ढोका पछाडिबाट उभिएर मानसीले यी सबै कुरा सुनिरहेकी थिइन्। उनको आँखाबाट आँसु खसिरहेको थियो। यसैबिच उनले आफ्नो ढाडमा कसैको बलियो हात महसुस गर्छिन् जुन डाक्टर कमलको नै हुन्छ।
डाक्टर कमलले आफ्ना साथीको अगाडि मानसीलाई घिसारेर लगे र भने, ‘ल साथी, रक्सीपछि यसको आनन्द लिनुहोस्।’
मानसी रुँदै भन्छिन्, ‘तपाईँ यो के गर्दै हुनुहुन्छ? म तपाईंको श्रीमती हुँ।’
डाक्टर कमल मुर्छा परेर हाँस्दै भन्छ, ‘अरे! मैले तिमी जस्तो ट्रान्सजेन्डरसँग विवाह गरेको ताकि समाजमा मैले सम्मान पाउन सकूँ, पुरस्कार पाउन सकूँ र एउटा हिजडाको उद्धार गर्नेवाला डाक्टरको रूपमा चिनिन सकूँ।’
नशामा लट्ठ परेको डाक्टर जोर जोरसँग चिच्याएर भनिरहेका थिए। यता डाक्टर कमलका साथीहरू मानसीको लुगा तान्न व्यस्त थिए।
मानसी पुनः सामूहिक बलात्कारको सिकार भइन्। उनीहरूले घटनाको भिडियो समेत बनाए।
भोलिपल्ट जब मानसी होसमा आइन्, कोठामा कोही थिएनन्। थिए त केवल रक्सी र चुरोटको गन्ध।
मानसीले हतार हतार आफ्नो कपडा लगाइन्। उनको आँखा ऐनाको फुटेको टुक्रोमा पर्यो जसले उनलाई जिस्काउँदै भनिरहेको थियो, ‘तँ हिजडा होस्, ट्रान्सजेन्डर होस्, तँलाई समाजले कहिल्यै सम्मानको नजरले हेर्ने छैन, तँलाई कसैले सम्मान गर्ने छैन, खुब गरेकी थिइस् हैन सम्मान गर्ने केटा पाएँ भनेर विवाह!’
तर अबकी मानसी ढल्दिनन्। रगत बगाउँदा पनि, ऐनाको टुक्रामा आफूलाई हेर्दा पनि, उनको मनभित्र एक आवाज गुन्जियो, ‘तँ हिजडा होइनस्। तँ पीडित मात्र होइनस्। तँ साक्षी होस्, समाजको गल्तीको। अब चुप लाग्ने होइन, बोल्ने हो।’
मानसी बाँचिन्। अस्पतालमा प्रहरी बयान दिनुअघि उनले पत्रकार बोलाइन्। पहिलो पटक सार्वजनिक रूपमा आफ्नो पहिचान, आफ्नो पीडा र डा. कमल जस्ता ढोँगीहरूको अनुहार पत्रकारमार्फत सबैको अगाडि उजागर गरिन्।
उनको भिडियो भाइरल भयो। उनले चुप बसिनन्, अभियान सुरु गरिन् ‘ट्रान्सजेन्डरहरू माथिको हिंसा, यौन अपराध र सामाजिक बहिष्कारविरुद्ध’।
मानसी अब नेपालको पहिलो ट्रान्स एक्टिभिस्ट बनिन् जसले राष्ट्रिय टेलिभिजनमा सार्वजनिक बहस जितिन्। उनले विद्यालयका पाठ्यक्रममा लैङ्गिक विविधता घुसाइन्। उनले बलात्कारपछि आत्महत्या गर्न खोज्ने ट्रान्स युवाहरूलाई कानुनी र मानसिक सहायता दिने संस्था स्थापना गरिन्। मानसीको कथा अब केवल पीडा होइन। साहस, पुनर्जन्म र परिवर्तनको आवाज हो।
अन्तिममा मानसी आज त्यही ठाउँमा उभिएकी छन् जहाँ पहिले डा. कमललाई सम्मान दिइएको थियो। आज उनलाई सम्मानित गरिँदै छ, ‘नेपालकी साहसी छोरी’ भनेर।
मानसी माइक समात्छिन् र भन्छिन्, ‘म त्यो ऐनाको टुक्रा हुँ जसलाई समाजले पटक-पटक फोरेको छ। तर अब म टुक्रा होइन, ऐना बन्नेछु ताकि तपाईँहरू आफैँलाई देख्न सक्नुहोस्। म ट्रान्सजेन्डर हुँ, म गर्व गर्छु। म बाँच्ने छु, बोल्ने छु र परिवर्तन ल्याउने छु।’