आइतबार थप २ हजार ४०७ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस ब्रिफिङमार्फत पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको जनाएको हो। पछिल्लो २४ घण्टामा १२ हजार ४०६ जनाको नमुना परीक्षण गरिएको थियो।
जसमध्ये काठमाडौं उपत्यकामा ६५३ जना संक्रमित थपिएका छन्। देशभर पछिल्लो २४ घण्टामा ३ हजार ९९४ जना कोरोनाबाट निको भएका छन्।
त्यस्तै ४६ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट ८ हजार ४१२ जनाको मृत्यु भएको छ।
देशभर हाल ६८ हजार ९५५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार २११ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।
यीमध्ये १ हजार १ सय जनाको सघन कक्षमा उपचार भइरहेको छ। सघन कक्षकामध्ये ३४७ जना भेन्टिलेटर सहायतामा छन्।
हालसम्म ५ लाख ३१ हजार १०५ जना कोरोनाबाट निको भएका छन्। हालसम्म पिसिआर र एन्टिजेन गरी ३३ लाख २२ हजार ५५४ जनाको नमुना परीक्षण भएको छ। जसमध्ये पिसिआरबाट ३२ लाख १४ हजार ७२५ जनाको परीक्षण भएको हो।