नेपालको निजी विमान सेवा प्रदायक संस्था बुद्ध एयरको प्रेरणादायी यात्रालाई समेटिएको पुस्तक ‘बाई द बुक’ को विमोचन भएको छ।
शनिबार काठमाडौंमा आयोजित समारोहबीच पुस्तकको औपचारिक विमोचन गरिएको हो।
एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले यस किताब लेखेका हुन्।
बुद्ध एयरको सानो सुरूवातदेखि मुलुककै अग्रणी विमान सेवा कम्पनीसम्मको यात्रा, सपना, संघर्ष र इमानदारितालाई पुस्तकमार्फत उजागर गरेका छन्।