खेम शर्माद्वारा लिखित ‘नेपालवाद’, ‘नागरिक प्रश्न’ र ‘नागरिक जिम्मेवारी’ नामका तीन पुस्तक सार्वजनिक भएको छ।
पुस्तक विमोचन समारोहमा बोल्दै लेखक शर्माले पुस्तकले राष्ट्र निर्माणको लागि महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले यो ब्लु–प्रिन्ट यात्रा गत जनवरी १ तारिखबाट सुरू भएको जानकारी दिए।
'यस ब्लुप्रिन्ट यात्राको औपचारिक सुरूआत १ जनवरी २०२६ देखि भएको थियो। उक्त दिनदेखि हामीले हरेक दिन राष्ट्रका आधारभूत विकास/शासन क्षेत्र ('पिलर') मा केन्द्रित भएर लेखन र विचार–निर्माण गर्दै सार्वजनिक बहसलाई तथ्य र जिम्मेवारीतर्फ डोर्याउँदै आएका छौं,' उनले भने, 'यही क्रममा २५ जनवरीमा 'नागरिक प्रश्न' तयार गर्यौं, २ फेब्रुअरीमा 'नागरिक जिम्मेवारी' प्रस्तुत गर्यौं, र 'नेपालवादः राष्ट्रिय नीति–विचार केन्द्र (परिकल्पना)' मार्फत दीर्घकालीन नीति–ज्ञान, अनुसन्धान, तथ्य–आधारित बहस र संस्थागत क्षमताको ढाँचा प्रस्ताव गर्यौं।’
शर्माले जेनजी आन्दोलनपछिका यो पाँच महिनाले आफूहरूलाई नेपाललाई अब सुन्दर नारा नभएर ठ्याक्कै के कुराको खाँचो छ भन्ने इमानदार पहिचान चाहिएको स्पष्ट पारेको पनि स्मरण गराए।
यी तीन वटै पुस्तक थुप्रै डटकममार्फत ई–बुकको रूपमा सार्वजनिक गरिएको छ।