साहित्यकार गौरी तमूको कविता संग्रह ‘सैँप्रोल’ लोकार्पण भएको छ।
काठमाडौंमा आयोजित विशेष समारोह बीच शुक्रबार लोकार्पण गरिएको हो।
इन्डिगो इन्कद्वारा प्रकाशित उक्त कृतिलाई शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा नेपाली साहित्यका प्रतिष्ठित व्यक्तित्वहरूमाझ लोकार्पण गरिएको हो।
प्रतिष्ठानको लेखनाथ हलमा सम्पन्न कार्यक्रममा कविता संग्रह‘सैँप्रोल’ को विमोचनसँगै यसमाथि विमर्श समेत गरिएको थियो ।
कार्यक्रममा विशिष्ट वक्ताका रूपमा चर्चित आख्यानकार राजन मुकारुङ, डा. रजनी ढकाल र दीपक सापकोटाले कृतिमाथि आफ्ना धारणा राखेका थिए ।
वक्ताहरूले ‘सैँप्रोल’ लाई गुरुङ (तमू) समुदायको मिथक, पहिचान र महिला अस्तित्वका स्वरहरूलाई सशक्त रूपमा उजागर गर्ने कविता सङ्ग्रहका रूपमा मूल्याङ्कन गरे । यस कृतिमा आदिवासी ज्ञान, सांस्कृतिक विम्ब र समकालीन चेतनाको सुन्दर संयोजन देखिने उनीहरूको भनाइ थियो ।
यसअघि पोखरामा पनि विमोचन गरिएको उक्त कृतिलाई समीक्षकहरूले आदिवासी साहित्यको महत्वपूर्ण दस्तावेजका रूपमा चर्चा गरेका थिए । कार्यक्रममा साहित्य अनुरागी, पत्रकार तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
-1770484584.jpg)
-1770484584.jpg)
-1770484585.jpg)
-1770484585.jpg)