'मदन पुरस्कार २०८२' का लागि १० पुस्तक छनोट भएका छन्।
मदन पुरस्कार गुठीले विज्ञप्ति जारी गर्दै २०८२ सालको मदन पुरस्कारका लागि उत्कृष्ट १० पुस्तकको सूची सार्वजनिक गरेको हो।
छनोटमा परेका पुस्तकहरूमा केवशराज ज्ञवालीको 'अज्ञात', केशव दाहालको 'इथा', ललित विष्टको 'उत्कर्ष', रोशनकुमार झाको 'नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास', वीणा जोशी (राजभण्डारी)को 'नेपाल समुदायका परम्परागत मुकन्डोनाच' रहेका छन्।
त्यस्तै, उमा सुवेदीको 'परिधि', सीमा आभासको 'महायुग', श्रवण मुकारूङको 'सलह', डा. नवराज केसीको 'स्वस्पर्श' र नदीशको 'हिउँद' उत्कृष्ट १० पुस्तकको सूचीमा छन्।
सूचीमा परेका यी १० पुस्तकमध्ये एक पुस्तकलाई 'मदन पुरस्कार २०८२' प्रदान गरिनेछ।
मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार २०८२ सालको मदन पुरस्कारका लागि २९८ वटा पुस्तक प्राप्त भएका थिए।