मदन पुरस्कार गुठीले वीणा जोशी (राजभण्डारी)को पुस्तक ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई २०८२ को मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
मदन पुरस्कारका लागि यसअघि सार्वजनिक गरिएको उत्कृष्ट १० कृतिको श्रेष्ठ सूचीमध्येबाट जोशीको पुस्तकलाई मदन पुरस्कारका लागि छनोट गरिएको हो।
जोशीको पुस्तकलाई मदन पुरस्कार २०८२ प्रदान गर्ने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले बताए।
त्यस्तै, गुठीले छ दशकसम्म गीत लेखनमा समर्पित गीतकार किरण खरेललाई जगदम्बा-श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
गुठीले आइतबार उक्त निर्णय गरेको हो।