गुड फ्राइडे सिनेमा
अमर फेलिक्स एक कपडा पसलमा काम गर्छन्।
उनले सो पसलको 'चेन्जिङ रूम' क्यामरा राख्छन् र महिलाहरूले कपडा फेरेको भिडिओहरू खिच्छन्। अनि ती भिडिओ सार्वजनिक गरिदिने धम्की दिएर महिलाहरू तथा उनीहरूका आफन्तबाट पैसा असुल्छन्।
उनले यो सबै काम आफ्नो एउटा गोदाममा बसेर गरिरहेका हुन्छन्।
एक दिन उनको गोदाममा एक रहस्यमयी व्यक्ति आउँछन् र अमरको हत्या गरिदिन्छन्। अनि उनको शवसहित गोदाम जलाइदिन्छन्।
केही सातापछि प्रहरी दिनेशनलाई कर्नाटक प्रहरी एलेन ज्याकबले सम्पर्क गर्छन्। एलेनलाई अमरको हत्याको अनुसन्धानको जिम्मा दिइएको हुन्छ।
एलेनले आफूहरूसँग एक प्रत्यक्षदर्शी साक्षी रहेको बताउँछन्। ती साक्षी हुन्छिन् आलिशा। पहिचान गोप्य रख्न उनलाई अनुसन्धान क्रममा 'एन' नाम दिइन्छ।
एनले आफूसँग फोटोग्राफिक मेमोरी भएकाले हत्यारा पहिचान गर्न सक्ने दाबी गर्छिन्।
दिनेशनले उनीहरूलाई आफ्नै भवनमा रहेको एक सेफ हाउसमा बस्ने व्यवस्था मिलाइदिन्छन्। सो घरमा पार्ट–टाइम कराते प्रशिक्षक हरन आफ्नी बहिनी देविका र सौतेनी बहिनी नीरजासँग बसिरहेका हुन्छन्।
हरनको स्केचिङ सीप हुन्छ। एलेन यो थाहा पाएर एनको विवरणका आधारमा हत्याराको स्केच बनाउन हरनलाई आग्रह गर्छन्।
एनले दिएको पहिलो विवरण हरनकै अनुहारसँग मेल खान्छ।
यो देखेर एलेन चकित खान्छन् र हरनमाथि शंका गर्छन्।
यसपछि उनीहरू अमर मारिएकै स्थानमा गएर स्केच बनाउँछन्।
त्यो बेला यस्तो 'ट्विस्ट' हुन्छ जसले दर्शकलाई चकित बनाइदिन्छ। त्यसपछि घटनाक्रम झन् धेरै रहस्यमयी हुँदै जान्छन्।
बिस्तारै हरन, एन र एलेनको वास्तविकता खुल्दै जान्छ।
आखिर वास्तविक अपराधी को हो?
यसका लागि मलयालम भाषाको एक्सन थ्रिलर फिल्म 'आइडेन्टिटी' हेर्नुपर्छ।
सन् २०२५ को यो फिल्मा टोभिनो थोमस, त्रिशा कृष्णन र विनय रायको मुख्य भूमिका छ।
भिडिओ हेर्न वाचअन युट्युबमा क्लिक गर्नुस्।