गुड फ्राइडे सिनेमा
मध्यरातमा नित्या नामकी युवतीको कार बिग्रिन्छ। उनले बाटोमा बसिरहेका विजय गोविन्दसँग सहयोग माग्छिन्।
विजयले सहयोग बापत मदिरा माग्छन्। त्यसपछि नित्यालाई आफ्नो कथा सुनाउन थाल्छन्।
विजय एक परम्परावादी सोच भएका पुरूष हुन्। कलेजमा पढाउने उनले एक दिन मन्दिरमा गीता नामकी युवतीलाई देख्छन्।
उनलाई गीता पहिलो नजरमै मनपर्छ।
त्यहीबीच विजयकी बहिनीको बिहे तय हुन्छ। उनी आफ्नो गाउँ जान बस चढ्छन्। संयोग, त्यही बसमा गीता उनकी सहयात्री हुन्छिन्।
विजयले साथीलाई गीताका बारेमा भन्छन्। साथीले उनीसँग मित्रता बढाउन र प्रेम प्रस्ताव राख्न भन्छन्।
गीता बसमा सुतिरहेका बेला विजयले उनीसँग सेल्फी लिन खोज्छन्। त्यही समयमा गाडीको ब्रेक लाग्छ। विजय गीताको गालामा चुम्बन गर्न पुग्छन्। गीता झस्किन्छिन् आफ्ना दाजुलाई सहयोगका लागि बोलाउँछिन्।
विजयले धेरै सम्झाउन खोजे पनि गीता सुन्दिनन्। उनका दाजु आइपुग्नुअघि नै विजय बसबाट हाम फालेर भाग्छन्।
जब विजय घर पुग्छन्, उनी चकित खान्छन्। बहिनीका दुलाहा गीताकै दाजु फणिन्द्र हुन्छन्।
गीता पनि त्यहाँ आइपुग्छिन्।
यसपछि कथा कसरी अगाडि बढ्ला?
के गीताले आफ्ना दाजु र विजयकी बहिनीको बिहे तोड्देलिन्?
वा उनीहरूको सम्बन्धले नयाँ रूप लेला?
यसका लागि हेर्नुहोला फिल्म 'गीता गोविन्दम्'।
२०१८ मा रिलिज यो तेलुगू रोमान्टिक कमेडी फिल्म सुपरहिट भएको थियो। जम्मा ५ करोड भारूमा बनेको यो फिल्मले १३२ करोड भारूभन्दा बढी कमाइ गरेको थियो।
समीक्षकहरूले पनि यो फिल्मको प्रशंसा गरेका थिए।
यसबाहेक फिल्ममा विजय देवराकोन्डा र रश्मिका मन्दनाको जोडी पनि खुब रूचाइएको थियो। हालै उनीहरूले बिहे गरेपछि सामाजिक सन्जालहरूमा यो फिल्म पुनः चर्चामा आएको थियो।
आज 'गुड फ्राइडे सिनेमा' हामीले यही फिल्म सिफारिस गरेका छौं।
भिडिओ हेर्न Watch on Youtube मा क्लिक गर्नुहोस्।