झापाको बिर्तामोडमा शुक्रबार साँझ परेको चट्याङ लागेर बिर्तामोड ३ सैनिकमोडमा एक बालिकाको मृत्यु भएको छ। स्थानीयवासीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार बिर्तामोड नगरपालिका वडा नम्बर २ का रूपलाल हस्दाकी छोरी ११ वर्षीया सन्जु हस्दाको मृत्यु भएको हो।
बालिका साइकलबाट गन्तव्यतर्फ जाँदै थिइन्। गुडिरहेको साइकलमा अचानक चट्याङ लाग्दा सन्जुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।