सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।
आजको श्रृंखलामा हामीले माघ १४ देखि माघ २० गतेसम्म खिचिएका केही तस्बिर समेटेका छौं।
तस्बिरहरू:
काठमाडौंको बागमती नदी करिडोरमा पुरानो तरिकाले खर्पनमा तेल बोकेर बेच्न हिँडेका एक ब्यापारी। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी
महानगरको ज्यादती विरूद्ध माइतीघरमा आयोजित आन्दोलनमा एक स्थानीय। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
सरकारले विवेधपूर्ण व्यवहार गरेको भन्दै विरोधमा उत्रिएका ब्यवसायिहरू। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी
काठमाडौंको सिंहदरबार पूर्वीगेट अघि ढल फुटेपछि देखिएको दृश्य। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी
काठमाडौंको नक्सालमा भएको एउटा मूर्तिकला प्रदर्शनीमा रखिएको मूर्ति। तस्बिर : नवीनबाबु गुरूङ/सेतोपाटी
बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई क्यानले निलम्बन फुकुवा गरेपछि शुक्रबार त्रिवि क्रिकेट मैदानको बन्द प्रशिक्षणमा अभ्यास गर्दै। तस्बिरः निशा भण्डारी/ सेतोपाटी
भारतीय तरकारीले बजार कब्जा गरेपछि चितवनका किसानहरू सडकमा तरकारी पोखेर घोषणा गरेको ‘किसान आन्दोलन’। गोलभेँडा, काउली, बन्दा, फर्सी लगायतका तरकारी बोकेका गाडीसहित नारायणगढ पुगेका किसानहरूले पूर्व-पश्चिम राजमार्ग नै बन्द गरेर प्रदर्शन गरेका थिए। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी जिल्ला अदालत कैलालीको आदेशमा कारागार जाँदे। ट्याक्टरमा आगजनी गरेको कसुरमा अदालतले सांसद चौधरीलाई दोषी ठहर गरेको थियो। तस्बिरः सबिता बुढा/सेतोपाटी
प्रकाशित मिति: शनिबार, माघ २१, २०७९, ११:५५:००