ललितपुर, गोदावरीको गुरूङे डाँडामा डढेलो लागेको छ।
बिहीबार राति ८ बजेदेखि गोदावरी नगरपालिका-४ स्थित गुरूङे डाँडामा डढेलो लागेको हो।
स्थानीयवासीले डढेलो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीका अनुसार दमकल जान नसक्ने ठाउँमा डढेलो लागेको हो।
खबर पाएपछि भने प्रहरी प्रभाग बाडेगाउँबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ।
उनका अनुसार डढेलो मानवबस्तीभन्दा टाढा लागेको छ।