वोमी लघुवित्तको शेयर लिलामीमा सहभागि हुन शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्री नभएका १ लाख २३ हजार २ सय १३ कित्ता शेयर लिलाम गर्न लागेको हो।
लघुवित्तले साउन ९ मा १ः१ को अनुपातमा १० लाख १० हजार ८ सय ८० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। त्यस मध्ये ८ लाख ८७ हजार ६ सय ६७ कित्ता शेयरको लागि मात्र आवेदन परेपछि बाँकि रहेको १ लाख २३ हजार २ सय १३ कित्ता शेयर
लिलामी गर्ने जनाएको हो ।
बिक्री हुन बाँकी रहेको शेयर मध्ये ७६ हजार ७ सय ३ कित्ता संस्था शेयर र बाँकि ४६ हजार ५ सय ९.२० कित्ता साधारण शेयर छ। बोलकबोलमा सहभागि हुन चाहानेले असोज १३ गतेसम्म आवेदन दिन सक्ने लघुवित्तले जनाएको छ।
सिद्धार्थ क्यापिटल शेयर लिलाम प्रक्रियाको लागि बिक्री प्रबन्धक रहेको छ ।